२०८१ मंसिर २६ गते १५:१६ विकासन्युज
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ । लगातार पाँच दिनसम्म घटेको बजार आज उच्च अंकले बढेको हो ।
बुधबार २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
साथै, ३०३ वटा कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
जसमध्ये, सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनी लिमिटेडले गरेको छ । जानकीले ३६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार गरेको हो ।
यस्तै, रिभर फल्स पावर लिमिटेडले २० करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ११ करोड ८१ लाख, जोशी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीले ९ करोड ८५ लाख बढीको काराेबार गरेका छन् ।
आज कम्पनीहरूको सेयर ९.९७ प्रतिशतसम्म बढेको छ भने ९.९९ प्रतिशतसम्म घटेको छ । ज्यादी हाइड्रो पावर, कुथेली बुखरी स्मेल हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो मैलुङ खोला जलविद्युत, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ७.१६ प्रतिशतदेखि ९.८७ प्रतिशतले बढेको छ ।
आज म्युचुअल फन्डबाहेक सबै उपसमूह हरिया रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.