जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

  २०८१ मंसिर ३० गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दिपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूण स्तोम त्रिपाठी निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.