२०८१ मंसिर ३० गते १२:५४ विकासन्युज
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारको नीतिहरू औद्योगिकमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको भन्दै सरकारले पनि अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा अध्यक्ष चाैधरीले ध्यानाकर्षण गराए ।
उनका अनुसार नेपालको अर्थतन्त्रमा अटोमोबाइलको योगदान २१ प्रतिशत, प्रत्यक्ष रोजगार १ लाख, अप्रत्यक्ष रोजगारी १० लाख, बीमा क्षेत्रमा ५० प्रतिशत योगदान र विज्ञापन क्षेत्रमा ४० प्रतिशत छ ।
तर, यति ठूलो योगदान गर्ने अटो क्षेत्रको लागि सरकारले अटोमैत्री नीति नबनाएको उनको गुनासो थियो ।
अध्यक्ष चाैधरीले विशेषगरी विद्युतीय गाडीमा कर बढाएको, झन्झटिलो कर प्रणाली रहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा यस क्षेत्रको लागि केही पनि उल्लेख नगरेकोमा गुनासो गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.