२०८१ मंसिर ३० गते १५:३७ विकासन्युज
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयू सम्झौता गरिने जनाइएको छ ।
कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमा समेत छलफल हुने उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.