२०८१ पुष १ गते १०:५९ विकासन्युज
काठमाडौं । क्रिकेट लिजेन्ड ब्रायन लाराले डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लाराले क्यानका सचिव तथा डीपल इभिजका ब्रान्ड एम्बेसडर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथा साझा गरेका थिए ।
नेपाल प्रिमियर लिग (एनपीएल) का क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करिअरका बारेमा कुराकानी गरेका थिए ।
कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप-ब्रान्ड हो । ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् ।
डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.