२०८१ पुष १ गते १८:५६ विकासन्युज
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा सतिसचन्द श्रेष्ठसहित ५ जना सदस्य रहने गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
साथै सञ्चालन समिति सदस्यको रूपमा मौशुमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल, रामकृष्ण खतिवडा र स्वतन्त्र सञ्चालक सदस्यको रूपमा अमरबहादुर थिंगलाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाले श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी, कम्पनीको कूल चुक्ता पुँजीको १० प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.