२०८१ पुष २ गते ७:४५ विकासन्युज
काठमाडौं । लाभांश तथा हकप्रद सेयर प्रस्ताव पारित गर्न माउन्टेन इनर्जी नेपालले ११औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाडौंमा बिहान १० बजे ११औँ वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँको १५ प्रतिशतका दरले ३३ करोड ९४ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७८ प्रतिशतका दरले १ करोड ७८ लाख ६७ हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
बोनस वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले उक्त चुक्ता पुँजीको १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, सञ्चालक समितिमा एक जना महिला सञ्चालक निर्वाचन र लेखापरीक्षक नियुक्त गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.