२०८१ पुष २ गते ८:३० विकासन्युज
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सञ्चालकहरूको बैठक भत्ता बढाउने भएको छ । कम्पनीले सञ्चालकहरूको बैठक भत्ता प्रतिबैठक ६ हजार रुपैयाँ, सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले पुस २४ गते काठमाडौंमा बिहान ११ बजे दोस्रो साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
यस्तै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिवाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्नेछ ।
सञ्चालकहरूको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधा अनुमोदन गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.