ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने

  २०८१ पुष २ गते १०:२४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.