१२ प्रतिशत लाभांश वितरण गर्ने चिलिमे जलविद्युतको घोषणा

  २०८१ पुष २ गते १०:३५     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ ।

यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.