२०८१ पुष २ गते १२:३१ विकासन्युज
काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गराउन सक्ने जनाइएकाे छ ।
कम्पनी लामाे समयदेखि वैदेशिक राेजगार म्यादी जीवन बीमाबाट बाहिर रहेकाे थियाे । गत साउन १ गतेदेखि लागु हुने गरि नेपाल बीमा प्राधिकरणले वैदेशिक राेजगार म्यादी जीवन बीमामा पुल प्रणाली लागु गरेकाे थियाे । यससँगै कम्पनीले साे बीमालेख जारी गर्न सुरू गरेकाे हाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.