बढेको सेयर बजारमा ४ अर्ब बढीको कारोबार

  २०८१ पुष २ गते १५:२९     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको छ ।

आज ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटै कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

साथै, ३१८ वटा कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको २२ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस्तै, नेपाल फाइनान्सको १५ करोड ८ लाख रुपैयाँ, रिभर फल्स पावरको १२ करोड ४५ लाख रुपैयाँ, बेस्ट फाइनान्सको १० करोड ४ लाख रुपैयाँ, डोटी पावर कम्पनीको ९ करोड ५७ लाख रुपैयाँ बढीको करोबार भएको छ ।

नेप्सेका अनुसार आज सर्पोट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ । साथै, ८ वटा उपसमूहमा हरियाली छाएको छ ।

बैकिङ ०.१७ प्रतिशत, फाइनान्स ०.८७ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत, हाइड्रोपावर ०.१४ प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, अन्य ०.१३ प्रतिशत र व्यापार ०.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.