२०८१ पुष २ गते १६:५५ विकासन्युज
काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फण्ड एल–२ योजनाले बोर्डबाट निष्कासनको अनुमति पाएको हो ।
कुल एक अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये एक अर्ब २ करोड रुपैयाँ सार्वजनिक रूपमा बिक्रि गरिने बताइएको छ । यस फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ भने यो १० वर्ष अवधिको बन्दमुखी योजना हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.