क्षेत्रीय परामर्श बैठक अर्थमन्त्री पौडेल : आन्तरिक राजस्व परिचालन क्षमता सुधार्न विशिष्ट नीति चाहिन्छ

  २०८१ पुष २ गते १७:०९     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा आयोजित एसिया र प्रशान्त क्षेत्रका लागि विकासको वित्तीयकरण सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको अध्यक्षता गरेका छन्।

अर्थमन्त्री पौडेलले उच्चस्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा आफ्नो वक्तव्य दिएका थिए । उनले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि आदिस अबाबा कार्ययोजनाको कार्यान्वयनमा भएको महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पारे ।

उनले विकासशील र अल्पविकसित देशहरूले अहिले सामना गरिरहेका प्रमुख चुनौतीहरू- जस्तै बजेट योजना, स्रोतको प्रभावकारी व्यवस्थापन, परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापनलाई औंल्याए ।

अर्थमन्त्री पौडेलले विकासशील र अल्पविकसित देशहरूले आन्तरिक राजस्व परिचालन क्षमतामा सुधार ल्याउनका लागि स्पष्ट र विशिष्ट नीतिहरू निर्माण गरी तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

यो परामर्श बैठक यूएनएसक्याप बैंककले २०२५ जूनमा स्पेनको सेभिलमा आयोजना हुने चौंथो अन्तर्राष्ट्रिय उच्चस्तरीय विकास वित्तीयकरण सम्मेलनको तयारीका लागि आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.