२०८१ पुष ३ गते ७:०६ विकासन्युज
काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस २ गते सबैभन्दा धेरै खरिदर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ झन कमजोर बनेको छ भने अमेरिकी डलर बलियो बनेको देखिन्छ ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.०५ रुपैयाँ र बिक्रीदर १७२.८२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.२० रुपैयाँ र बिक्रीदर १५१.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.९३ रुपैयाँ र बिक्रीदर ९५.३५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३५ रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०८ रुपैयाँ र बिक्रीदर ३६.२४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९६ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३५ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४२ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४० रुपैयाँ र बिक्रीदर १२.४६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४५ रुपैयाँ र बिक्रीदर १७.५२ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.४७ रुपैयाँ र बिक्रीदर ४४२.५२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.३३ रुपैयाँ र बिक्रीदर ३६०.९२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.०५ रुपैयाँ र बिक्रीदर ३५३.६१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.