हकप्रद सेयर प्रस्ताव पारित गर्न सिटि होटलले बोलायो सेयरधनी भेला

  २०८१ पुष ३ गते ७:१८     विकासन्युज

काठमाडौं । सिटि होटलले हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । चुक्ता पुँजीको १ बराबरको ०.८ को अनुपातमा हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालनहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुस १४ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.