सवारी साधनमा प्रयोग हुने ब्याट्री डिस्पोजल गर्दै काठमाडौं महानगर

  २०८१ पुष ३ गते ८:१४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग गरिएका काम नलाग्ने ब्याट्री व्यवस्थापनका लागि अपनाइएको विधि, प्रक्रिया र विसर्जन सम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

महानगरपालिकाका अनुसार सवारी साधनहरू (विद्युतीय समेत)मा प्रयोग पश्चात् काम नलाग्ने अवस्थाका ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्याँसले बातावरणीय अवस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पुर्याइ रहेको छ । वातावरणका लागि उपयोगी र लाभदायी बस्तुको नोक्सानी गरिरहेको छ ।

त्यसैले काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयातकर्ता, विक्रेता तथा प्रयोगकर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनःप्रयोग र अन्तिम बिसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन भनेको छ ।

काठमाडौं महानगरपालिका बाताबरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था छ । यसमा उल्लेख भएका दायित्व पूरा नगर्नेहरूलाई सोही ऐनको दफा ५२ बमोजिम कानुनी सजाय तथा कारबाही हुने महानगरपालिकाले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.