२०८१ पुष ३ गते १३:२० विकासन्युज
काठमाडौं । संसारको सबैभन्दा पुरानो, सबैभन्दा लोकप्रिय र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइनले पछिल्लो समय निकै फड्को मारेको छ ।
डिसेम्बर ५ मा पहिलो पटक बिटकोइनको मूल्य १ लाख नाघेको थियो। यसको कारण अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनले चुनावी क्याम्पको क्रममा देशमा तेलको भण्डारजस्तै बिटक्वाइनको भण्डार सिर्जना गर्ने योजना रहेको बताएका थिए।
अमेरिकामा राष्ट्रपतीय चुनावमा ट्रम्पको जितपछि बिटकोइनले फड्को मार्दै आएको हो । उनलाई क्रिप्टोकरेन्सीको बलियो समर्थक मानिन्छ ।
चुनावी प्रचारका क्रममा उनले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन चाहेको बताएका थिए । नोभेम्बर ५ मा नतिजा आएदेखि बिटकोइन ५० प्रतिशतले बढेको छ।
बिटक्वाइनको मार्केट क्याप २.१ ट्रिलियन पुगेको छ र यो गुगललाई हराउनबाट १० प्रतिशतमात्र टाढा छ । गुगलको मूल कम्पनी अल्फाबेटको बजार पुँजी २.३३२ ट्रिलियन छ र यो विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनी हो ।
आज बिटकोइनको मूल्य १ लाख ४ हजार १२४ डलर रहेको छ ।
सन् २०२५ को अन्त्यसम्ममा बिटकोइनको मूल्य २ लाख डलर पुग्न सक्ने विज्ञहरूको विश्वास छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.