२०८१ पुष ४ गते १५:२६ विकासन्युज
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार सेयर बजारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ ।
आज ३१० कम्पनीको ९८ लाख ३२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १७ करोड ६० लाख रुपैयाँ बढीको करोबार भएको छ ।
साथै, कर्णाली विकास बैंकको ११ करोड ४५ लाख, नेपाल फाइनान्सको १० करोड २२ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्ट बिकास बैंकको ८ करोड ६ लाख र जोशी हाइड्रोपावर डेभलपमेन्टको ७ लाख ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारको सबै उपसूचक राताम्मे रहेकाे नेप्सेले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.