लगातार चौंथो दिन अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

  २०८१ पुष ५ गते ७:३७     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार चौंथो दिन पनि नयाँ उचाई कायम गरेको छ । गत पुस २ गतेदेखि नयाँ रेकर्ड कायम राख्दै आएको डलरको मूल्यले आज पुस ५ गते शुक्रबार पनि नयाँ रेकर्ड कामय गरेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस ४ गते सबैभन्दा धेरै खरिदर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ थियो ।

आज युरोपियन यूरोको एकको खरिदर १४१.३९ रुपैयाँ र बिक्रीदर १४२.०१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.५९ रुपैयाँ र बिक्रीदर १५२.२६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८८ रुपैयाँ र बिक्रीदर ८५.२६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.४० रुपैयाँ र बिक्रीदर ९४.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०१ रुपैयाँ र बिक्रीदर १००.४५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१५ रुपैयाँ र बिक्रीदर ३६.३१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९४ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९८ रुपैयाँ र बिक्रीदर ३७.१४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१५ रुपैयाँ र बिक्रीदर ३०.२८ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३३ रुपैयाँ र बिक्रीदर १२.३८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४८ रुपैयाँ र बिक्रीदर १७.५६ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.९७ रुपैयाँ र बिक्रीदर ४४२.९२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.०७ रुपैयाँ र बिक्रीदर ३६१.६६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.७८ रुपैयाँ र बिक्रीदर ३५४.३४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.