२०८१ पुष ५ गते ११:०० विकासन्युज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्तले पुस २९ गते सोमबार रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू परित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.