हामीले लोडसेडिङ गरेका होइनौं, यो प्राविधिक समस्या हो : कुलमान घिसिङ

  २०८१ पुष ५ गते ११:११     विकासन्युज

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा ठूलो कुरा प्राथमिकिकरण भएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

घिसिङले पूर्वाधार क्षेत्रमा कुन आयोजनालाई प्राथमिकता दिनुपर्ने हो, त्यसलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको बताए । पूर्वाधार क्षेत्रमा सबैभन्दा ठुलो योगदान जलविद्युतबाट भएको उनको भनाइ छ ।

घिसिङले प्राधिकरणले लोडसेडिङ नगरेको बताए ।

उनले भने, ‘विद्युत् प्राधिकरणलाई नाफा भयो भने सबै दु:खी हुने र घाटा भयो भने रमाउने अनि खुसी हुने प्रवृत्ति छ । हामीले लोडसेडिङ गरेका होइनौं, यो प्राविधिक समस्या हो । यो समस्या आइरहन्छ ।’

घिसिङले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए ।

उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।

उनले व्यस्त समयमा केहि मात्रै उद्ययोगको लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु त्योहि व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए ।

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरूले दिनको विकल्प नभएको उल्लेख गरे ।

घिसिङले दुई/चार घण्टा बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए । उनले २४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टाभन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.