नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

  २०८१ पुष ५ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले चितवनको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख प्रविणमुनि बज्राचार्यले गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समयसमयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.