नयाँ रेकर्ड बनाइरहेको अमेरिकी डलर पाँचौ दिनमा घट्यो, ओरालो लाग्दै यूरो र पाउण्ड

  २०८१ पुष ६ गते ११:१४     विकासन्युज

काठमाडौं । लगातार चौंथोसम्म बढेको अमेरिकी डलरको मूल्य पाँचौ दिनमा भने घटेको छ । गत पुस २ गतेदेखि नयाँ रेकर्ड कायम राख्दै आएको डलरको मूल्यले आज पुस ६ गते घटेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.७३ रुपैयाँ र बिक्रीदर १३६.३३ रुपैयाँ तोकेको छ । यसअघि हिजो डलरको मूल्य खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ तोकेको थियो ।

आज युरोपियन यूरोको एकको खरिदर १४१.०० रुपैयाँ र बिक्रीदर १४१.६२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.७२ रुपैयाँ र बिक्रीदर १७०.४७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७० रुपैयाँ र बिक्रीदर १५२.३७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.५० रुपैयाँ र बिक्रीदर ८४.८७ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.३२ रुपैयाँ र बिक्रीदर ९४.७४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९० रुपैयाँ र बिक्रीदर १००.३४ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१२ रुपैयाँ र बिक्रीदर ३६.२८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, थाई भाट एकको खरिददर ३.९४ रुपैयाँ र बिक्रीदर ३.९६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.११ रुपैयाँ र बिक्रीदर ३०.२४ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२९ रुपैयाँ र बिक्रीदर १२.३५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४६ रुपैयाँ र बिक्रीदर १७.५४ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.४२ रुपैयाँ र बिक्रीदर ४४२.३६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.७४ रुपैयाँ र बिक्रीदर ३६१.३३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.५३ रुपैयाँ र बिक्रीदर ३५४.०९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.