२०८१ पुष ६ गते ११:५३ विकासन्युज
काठमाडौं । ज्योति क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ३.१६ प्रतिशतका दरले ६६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले पुस २६ गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ९ बजे काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
यस्तै, सञ्चालक समिति बैठकबाट नियुक्त भएका २ जना स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.