श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने

  २०८१ पुष ६ गते १४:०१     विकासन्युज

काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले वृद्धि हुने भएको छ । सन् २०२४ को तेस्रो त्रैमासिकमा श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको हो ।

केन्द्रीय बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १०.८ प्रतिशत र सेवा गतिविधि २.६ प्रतिशतले बढेको छ ।

अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भएतापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ ।

रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ ।

सन् २०२४ को पहिलो १० महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ ।

गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रपी १०.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.