सूर्यज्योति लाइफ बन्यो जीवन बीमामा सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी

  २०८१ पुष ७ गते ११:२६     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेकाे छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आव २०८०/८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) एक अर्ब २३ लाख बढी नगद लाभांश वितरण गरिने जनाइएको छ ।

सभाले कम्पनीको आव २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आव २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमामध्ये सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.