रविलाई अदालत उपस्थित गराइयो

  २०८१ पुष ७ गते ११:४२     विकासन्युज

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आइतबार अदालत खुलेको केही समयमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई अदालत ल्याइएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुँदै छ ।

यसअघि शुक्रबार, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बाँकी प्रतिवादीहरूविरुद्ध आज अभियोग दर्ता गराउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.