२०८१ पुष ७ गते १२:२३ विकासन्युज
काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ का लागि घोषणा गरेको लाभांश संसोधन गरेर घटाएको हो ।
मसिंर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ७ करोड ३० लाख अर्थात ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश घटाएर संस्थाले ७ करोड २६ लाख रुपैयाँ वितरण गर्ने भएको हो ।
जसमध्ये ६ करोड २६ लाख रुपैयाँ अर्थात ६ प्रतिशत बोनस सेयर र १ करोड ४ लाख रुपैयाँ अर्थात १ प्रतिशत नगत लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको थियो ।
तर, पौष ५ गते बसोको संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश संसोधन गरेको हो । संस्थाले बोनस सेयर वितरण ६ प्रतिशतलाई नै निरन्तरता दिएको छ भने नगद लाभांस लाई १ प्रतिशतबाट ०.९६२३ प्रतिशतमा झारेको छ ।
अर्थात, संस्थाले १ करोड ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
सो संस्थालको हाल १ अर्ब ४ करोड ३६ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
साथै संस्थाले वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । संस्थाले १३औँ वार्षिक साधारण सभा पौष २८ गतेका लागि आह्वान गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि पौष २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय संस्थाले गरेको छ ।
ललितपुरको लभु पार्टी प्यालेसमा विहान ११ बजेबाट सभा सुरु हुने पनि संस्थाले जानकारी गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.