रविविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा मुद्दा दर्ता, करिब २८ करोड बिगो दाबी

  २०८१ पुष ७ गते १५:०१     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जनाएको छ ।

यसैगरी, सहकारी ठगीमा लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबुर राई जीबीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार ४४ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि अभियोग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

मुद्दामा कसुरको सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछाने पत्नी निकिता पौडेलसहित पाँच जनालाई पनि प्रतिवादी बनाइएको छ ।

सोमबारबाट बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ।

पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.