कालिञ्चोक दर्शनले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

  २०८१ पुष ७ गते १७:५०     विकासन्युज

काठमाडौं । कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। पौष ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हालको चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाउने छ। कम्पनीले पौष २९ गते साधारणसभा बोलाएको छ।

कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण गर्न र ईन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद प्रस्ताव गरिएको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.