नेपालमै पहिलोपटक ह्याम्स अस्पतालमा इण्डोस्कोपी प्रविधिबाट जटिल शल्यक्रिया सम्पन्न

  २०८१ पुष ८ गते ११:५२     विकासन्युज

काठमाडौं । मुलुकमै पहिलो पटक नेपाली चिकित्सकद्वारा शरीरमा घाउ नबनाइकन इन्डोस्कोपी प्रविधि पोएम  (Per Oral Endoscopic Myotomy) बाट जटिल शल्यक्रिया गरिएको छ ।

ह्याम्स अस्पतालले भित्र्याएको नयां प्रविधि पोएमबाट अकेलेजिया कार्डिया (खाद्य नलिमा खानेकुरा अडकिएर निल्नै गाह्रो हुने तीन जना बिरामीको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालले आइतबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै २ जना महिला र १ जना पुरुषको यो प्रविधिबाट सफल शल्यक्रिया गरेको जनाएको छ । ह्याम्स अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट रुपमा कार्यरत डा विवेक कुमार पुर्वेको नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको हो अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए ।

पुर्वेले नेतृत्व गरेको सो शल्यक्रिया  भारतको  Max Super Specialty अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. विकास सिंगलको निगरानी तथा ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. नन्दु पौडेल सिलवाल, डा. अजित खनाल तथा एनेस्थेसियोलोजी डा. मुरारी राज उप्रेती र डा. सुरज लामिछाने सहभागी थिए । शल्यक्रिया पश्चात हाल उनीहरू तीनै जनाको अस्पतालबाट डिस्चार्ज भइसकेको र अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।उनीहरू तीनै जनाको औषधीको मात्र शुल्क लिएर शल्यक्रिया सित्तैमा गरिएको  जनाइएको छ ।

यसका लागि डा. पूर्वेले चीन गएर २ महिनाको तालिम लिएका थिए  । प्रविधि कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम लिसकेपछि अब नेपाली चिकित्सकको नेतृत्वले नै शल्यक्रिया सुरु गर्ने अस्पतालले जनाएको छ । डा. विवेक कुमार पुर्वे इन्डोस्कोपी तथा ERCP गर्ने मुलुककै अव्वल ग्यास्ट्रोइन्टरोलोजिस्ट पर्छन् ।

उनले हालसम्म ४ हजार भन्दा बढी ERCP सफलतापूर्वक सम्पन्न गरिसकेकाले उनकै नेतृत्वमा पोएम प्रविधिद्वारा बिरामीहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने  भण्डारीले बताए । अस्पतालले नेपालमै पहिलो पटक संसारमा विद्यमान नयाँ प्रविधि भित्र्याएर नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्ने अभ्यास गरेको बताएका छ ।

के हो अकेलेजिया कार्डिया ?

यो एक प्रकारको दुर्लभ रोग हो । यो रोग लाग्दा बिरामीलाई खाना निल्न गाह्रो हुन्छ । यो रोगमा खकार र पेटलाई जोड्ने अन्ननली (esophagus)  को तलको माशंपेशी राम्ररी खुल्दैन । जसका कारण व्यक्तिले खाएको कुरा अन्ननलीमै अड्कन्छ । यसलाई सामान्यता अन्ननलीको समस्या भनेर चिनिन्छ ।

नेपालमा पनि यस्तो समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् । यो रोग लाग्दा खाना निल्दा छाती वा घाँटीमा अडकिएको महसुस हुने, पेटबाट खाना फिर्ता आउने, छातिमा जलन वा दुखाइ हुने तौल घट्ने समस्या देखा पर्छन् । यो रोगको ठोस कारण के हो भन्नेबारे भने एकिन नभएको डा.विवेकले बताए ।

विश्वभरमा करिव १ लाख जनामध्ये एक जनालाई अकेलेजिया कार्डिया  (ब्अजबबिकष्ब ऋबचमष्ब) हुने गरेको तथ््यांकले देखाएको छ । हाल सम्म नेपालमा केही ठूला अस्पतालहरूमा र केही चिकित्सकबाट यस रोगको निदान बेलुन फुलाएर खाद्य नलीको तल्लो भागको ज्ष्नज त्यलभ मा खुम्चिएर बसेको मांसपेशीलाई च्यातेर गरिदै आएको छ ।  अहिले विश्वमै सर्वोत्तम मानिएको पोएम इन्डोस्कोपी सर्जरी कुनै पनि नेपाली चिकित्सकले आफै गर्ने गरेका थिएनन् । 

POEM प्रविधि के हो ?

यो एक प्रकारको अत्याधुनिक इन्डोस्कोपी उपचार हो । जुन अकेलेजिया कार्डिया भएका विरामीहरूको उपचारका लागि प्रयोग गरिन्छ । यसलाई सरल तरिकामा भन्दा शरीरमा कुनैपनि ठूलो घाउ नबनाएर अथवा बिरामीहरूलाई कष्ट नदिएर गरिने उपचार विधि हो ।

जसमा कुनै ठूलो घाउ नबनाइ सानो प्वाल बनाएर इन्डोस्कोप प्रयोग गरेर उपचार गरिन्छ । अकेलेजिया कार्डिया उपचार गर्दा सबैभन्दा पहिले इन्डोस्कोपीको प्रयोग गरेर अन्ननलीको मांशपशी (muscle) काटिन्छ । जसले अन्ननलीको तल्लो भाग  (Lower Esophageal Sphincter) लाई रिल्याक्स गराएर खाना निल्न सजिलो बनाउँछ ।

यो प्रविधिबाट उपचार गर्दा सबैभन्दा पहिले बिरामीलाई निश्चेतना (anesthesia)  दिइन्छ ।  त्यसपछि मुखबाट पाइप हालेर अन्ननलीभित्र लैजान्छ  । त्यसपछि अन्ननलिको भित्तामा सानो चिरा बनाएर समस्या भएको मांशपेशीलाई काटिन्छ र त्यो भागलाई पछि सिलाएर प्रक्रिया पुरा गरिन्छ । 

इन्डोस्कोपी सर्जरी विश्वमै पहिलो पटक जापानको टोकियोमा डा हाराहिरो ईनाइले सन् २००८ मा सफलतापूर्वक सम्पन्न गरेका थिए त्यसपश्चात अमेरिकन ग्यास्ट्रोइन्टेरोलोजीकल एशोसिएसनले समेत यस पद्धतीलाई अकेलेजिया कार्डियाको सर्वोत्तम उपचार पद्धतीको रुपमा मान्यता दिएको थियो ।  तत्पश्चात यस प्रविधिको विश्वव्यापीकरण भएको हो । यो विधि पश्चिमी मुलकमा समेत सवै अस्पतालहरुमा उपलव्ध छैन । निश्चित ठाँउहरुमा मात्रै उपलव्ध छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.