२०८१ पुष ८ गते १०:४८ विकासन्युज
तपाईं कसरी कोर बैंकिङ छाडेर मर्चेन्ट बैंकङमा आबद्ध हुनुभयो ?
म फाइनान्स र अर्थशास्त्रको विद्यार्थी हो । लामो समयसम्मको बैंकिङ क्षेत्रको अनुभवलाई एउटा उत्कृष्ट गन्तव्यमा पुर्याउन र आम नेपालीहरूमा लगानीका अवसर र त्यसबाट हुने प्रतिफलको बारेमा जनजागरण गर्न समाजलाई आर्थिक रुपमा सफल बनाउन मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकङको ठूलो सहयोग रहने हुँदा म यस क्षेत्रमा आवद्ध भएको हुँ ।
सबैले बुझ्ने भाषामा म्युचुअल फण्ड भनेको के हो ?
छरिएर रहेका ससाना लगानीकर्ताहरूबाट रकम संकलन गरी दक्ष तथा अनुभवी व्यवस्थापकको प्रत्यक्ष निगरानीमा विभिन्न वित्तीय उपकरणहरू तथा मनि मार्केट इन्स्ट्रुमेन्टमा जोखिमलाई न्यूनीकरण गर्दै सन्तुलित लगानी गरी सन्तुलित प्रतिफल दिने एउटा लगानीको उपकरण हो।
गरिमा समृद्धि योजना भनेको के हो ?
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरिमा विकास बैंकद्वारा प्रभावित १ अर्ब रुपैयाँ रकम बराबरको पहिलो बन्दमुखी१० वर्षीय सामूहिक लगानी कोष योजना हो । यस योजनाको कोष व्यवस्थापक गरिमा क्यापिटल हो भने यस योजनामा जम्मा न्यूनतम रकम १ हजार रुपैयाँबाट लगानी गरी १ अर्ब रुपैयाँ बराबरको कोषको लगानीको हिस्सेदार बन्न सकिन्छ
गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनामा किन लगानी गर्ने ?
गरिमा मयुचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजना नेपाल धितोपत्र बोर्डद्धारा स्वीकृत सामूहिक लगानी कोष योजना हो । यो योजना दक्ष तथा अनुभवी व्यवस्थापकहरुका साथै विज्ञ कोष सुपरिवेक्षकहरुको प्रत्यक्ष निगरानीमा संचालन हुन्छ । लगानीलाई विविधीकरण गरिने हुनाले यस योजनामा लगानी गर्दा जोखिम कम हुन्छ । यो योजनामा शेयर कारोबार गर्दा कर छुटको व्यवस्था रहेको छ । साथै यो योजना पारदर्शी रुपमा संचालन हुन्छ । यो योजनाको ईकाइ नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने हुँदा सहजै खरिद बिक्री गर्न सकिन्छ ।
पुँजी बजार सम्बन्धी ज्ञान कम भएका वा आफनो कार्य व्यवस्तताका कारणले समय दिन नसक्नेहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुन्छ । यो योजनाले सुरुमा निश्चित संख्याको इकाइ मात्र जारी गर्दछ, जसले गर्दा कोष व्यवस्थापकले दीर्घकालीन लगानीको रणनीति अपनाउने छैन । कोष दैनिक रूपमा फिर्ता लिइँदैन जसले गर्दा व्यवस्थापकले पोर्टफोलियोलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र लगानी अवधिमा बजारका अवसरहरूको फाइदा लिन ध्यान केन्द्रित गर्न सक्छन्। व्यवस्थापकले कम तरलता भएका वा दीर्घकालीन अवसरहरूमा लगानी गर्ने भएकाले उच्च प्रतिफल प्रदान गर्न सक्छ ।
गरिमा समृद्धि योजनामा कसरी लगानी गर्न सकिन्छ ?
नेपाल अधिराज्य भर रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू मार्फत तथा मेरो सेयरमा गई सिधै घरमै बसेर लगानी गर्न सकिन्छ ।
बजारमा म्युचुअल फण्डको बारेमा खासै राम्रो प्रतिफल छैन भन्छन नि ?
बन्दमुखी म्युचुअल फण्ड सिमित समयको लागि हुने गर्दछ । जस्तै ७ बर्ष, १० वर्ष अवधिको । यसमा कुनै १/२ वर्ष म्युचुअल फण्डहरुको पर्फरमेन्स राम्रो नहुन पनि सक्छ । तर लामो समयको लागी औषतमा यसको प्रतिफल हेर्नुहुन्छ भने बजारमा पाइने मुद्धती निक्षेपको दरभन्दा झन्डै दोब्बर यसको प्रतिफल हुन आउँछ । त्यो प्रतिफल आजको दिनमा पनि छ ।
गरिमा समृद्धि योजनामा खास फाईदाहरु के–के छन् ?
आजको दिनसम्म पनि तपाई सेबनको पाइपलाइनमा ८२ वटा कम्पनीको करिब ४९ अर्ब जतिको आईपीओ पाइपलाइनमा छन् । जुन प्रत्येक म्युचुअल फण्डहरुले ५ प्रतिशतका दरले आरक्षण पाउने गर्दछन् । धेरै स्किम हुनेहरुको लागि यो नम्बर बाडिने भयो भने हामी जस्तो एउटा मात्र स्किम हुनेहरुको लागि चाहि धेरै राम्रो हुन्छ । जसको कारण १/२ वर्ष भित्रमा नै राम्रो प्रतिफल दिन सकिने हुँदा गरिमा म्युचुअल फण्ड अन्तर्गतको गरिमा समृद्धि योजना खास छ । र सबै जनाले यसमा सहभागिता जनाउनुहुन्छ भन्ने मेरो अपेक्षा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.