आन्तरिक ऋणको भारमा क्यानडा, विश्वव्यापी ऋणको २. ३ प्रतिशत

  २०८१ पुष ८ गते १५:०७     विकासन्युज

काठमाडौं । क्यानाडाको आन्तरिक ऋण देशको जीडीपीको १०३ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्,  जुन विश्वमा सबैभन्दा धेरै हो । आन्तरिक ऋणको अर्थ परिवारका सदस्यहरूमाथि रहेको कुल ऋण हो ।

यसमा उपभोक्ता ऋण र घरधनी ऋण पनि समावेश छ । यदि विश्वव्यापी ऋणको प्रतिशतको रूपमा हेर्दा क्यानडाको ऋण २.३ प्रतिशत हो ।

एक सर्वेक्षणअनुसार १३ प्रतिशत क्यानडालीहरूले क्यानडा अमेरिकाको हिस्सा बन्नु पर्ने बताएका थिए ।

प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यकालमा देशको अर्थतन्त्र ओरालो लागेको हो । हालै प्रधानमन्त्रीसँगको मतभेदका कारण देशका अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिएकी छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने धम्की दिइसकेका छन् । उनले क्यानडालाई आफ्नो देशको ५१ औं प्रान्त बनाउने ठट्टा गरेका थिए ।

फ्रिल्याण्डको राजीनामा पछि ट्रुडो आफ्नो सरकार बचाउन संघर्ष गरिरहेका छन् । भर्खरै सरकारले दुई महिना सेल्स ट्याक्स होलिडे दिएको थियो । फ्रिल्याण्डले यसको विरोध गर्दै यसलाई महँगो राजनीतिक खेल भनिन् ।

उनले ट्रम्पले २५ प्रतिशत कर लगाउने घोषणा गरेको र यस्तो अवस्थामा देशले त्यस्ता बेकार खर्चबाट जोगिन आवश्यक रहेको बताइन् ।

राजीनामा पत्रमा उनले देशले ठूलो चुनौती सामना गरिरहेको बताएकी छिन् ।

फ्रिल्याण्डले बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको बेला राजीनामा दिएकी हुन् । उनको बिदाइले पार्टीभित्र ट्रुडोको राजीनामाको मागलाई तीब्र बनाएको छ ।

यता क्यानाडाको विपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले क्यानडामा सबै कुरा नियन्त्रण बाहिर गएको र देश यसरी देश चल्न नसक्ने बताउँछन् ।

यदि ट्रम्पले २५ प्रतिशत ट्यारिफ लागू गरेमा यसले क्यानडाको अर्थतन्त्रमा नराम्रो असर पर्ने विज्ञहरू संकेत गरेका छन् ।

सन् २०२२ मा क्यानडाले अमेरिकालाई ४२७ बिलियन डलर निर्यात गरेको थियो । क्यानाडाको निर्यातको ७५ प्रतिशत अमेरिकाले ओगटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.