एनएमबि बैंकमा नेदरल्याण्डस् र मलेसियाका कम्पनीको लगानी, गोल्यान, मुरारका र गोयल साझेदार

  २०८१ पुष ९ गते ११:२४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका तीन ठूला सेयरधनी हुन् एफएमओ नेदरल्याण्डस, कर्मचारी सञ्चय कोष र यंग लियन रियल्टी एसडीएनविएचडी मलेसिया । जसमा एफएमओको बैंकमा १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता, कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत अर्थात् १ करोड १ लाख ५० हजार ७२९ कित्ता र यंग लियन रियल्टी एसडीएनविएचडीको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता सेयर स्वामित्व छ ।

बैंकमा गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत अर्थात् ३३ लाख ५१ हजार ६०२ कित्ता, नन्दकिशोर राठीको १.६८ प्रतिशत अर्थात् ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात् २८ लाख ६ हजार १६१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, सुनिलकुमार गोशालीको १.०४ प्रतिशत अर्थात् १९ लाख १ हजार ९८७ कित्ता, सुशिलकुमार गोशालीको ०.९५ प्रतिशत अर्थात् १७ लाख ५० हजार ३१६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, पवनकुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात् १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्रलाल प्रधानको ०.९१ प्रतिशत अर्थात् १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोषदेवी मुरारकाको ०.७९ प्रतिशत अर्थात् १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तमलाल संघाईको ०.७१ प्रतिशत अर्थात् १२ लाख ९५ हजार ४९२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात् १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात् १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात् ९ लाख ५४ हजार ८९४ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अध्यक्ष मनोज गोयलको नाममा ६३ हजार ८६३ कित्ता सेयर छ । यस्तै, सञ्चालक उत्तम भ्लोनको २ लाख २१ हजार ९७१ कित्ता, हरिशचन्द्र सुवेदीको २ हजार ८५० कित्ता र शिरिष कुमार मुरारकाको ४१ हजार १४५ कित्ता सेयर लगानी छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको ६ हजार ५९५ कित्ता, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीई‌ओ) सुदेश उपाध्यायको ५ हजार ८३७ कित्ता, प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव प्रमोदकुमार दाहालको ४०६ कित्ता, प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरेको १ हजार ७१५ कित्ता, चिफ अफिसर डा. बुद्धिकुमार मल्लको ३४९ कित्ता र सेयर रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.