नेपाल स्टक एक्सचेन्जको ७५ प्रतिशत लाभांश घोषणा

  २०८१ पुष ९ गते ७:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेप्सेले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्बको करसहित ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेप्सेले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे नेप्से कै कार्यालयमा ४३औँ वार्षिक साधारण सभा बोलाएको छ ।

नेप्सेको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ ।

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको ५/५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.