२०८१ पुष ९ गते ८:२८ विकासन्युज
काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरी नयाँ उचाई कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत पुस ५ गते अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ थियो । उक्त मूल्य रेर्डकलाइै तोड्दै आज पुनः नयाँ रेकर्ड कायम गरेको हो ।
आज युरोपियन यूरोको एकको खरिदर १४१.३२ रुपैयाँ र बिक्रीदर १४१.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.४४ रुपैयाँ र बिक्रीदर १७१.१९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.६५ रुपैयाँ र बिक्रीदर १५२.३२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.९५ रुपैयाँ र बिक्रीदर ८५.३३ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.३८ रुपैयाँ र बिक्रीदर ९४.८० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१८ रुपैयाँ र बिक्रीदर ३६.३४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२७ रुपैयाँ र बिक्रीदर ३०.४० रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३५ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४९ रुपैयाँ र बिक्रीदर १७.५७ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.०२ रुपैयाँ र बिक्रीदर ४४२.९७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.१९ रुपैयाँ र बिक्रीदर ३६१.७८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.९७ रुपैयाँ र बिक्रीदर ३५४.५३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.