२०८१ पुष ९ गते १५:४९ विकासन्युज
काठमाडाैं । जीवन बीमाको व्यापार चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा पौने ६६ अर्ब पुगेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि मसिंर मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख बीमाशुल्क संकलन गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको प्राधिकरणले जनाएकाे छ । नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख बीमाशुल्क संकलन गर्दा नेशनल लाइफलले ७ अर्ब ९८ करोड ६८ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले ७ अर्ब ६६ करोड ३६ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख र एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
व्यवसाय वृद्धिमा यी कम्पनी अगाडि
व्यवसाय वृद्धिमा रिलायबल लाइफ आक्रामक देखिएको छ । रिलायबलले चालु आवको ५ महिनामा गत आवको सोही अवधिको तुलनामा २५.४३ प्रतिशतले व्यपार वृद्धि गरेको हो । गत आवको मसिंर मसान्तसम्म रिलायबलले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
यसैगरी, सिटिजन लाइफको व्यपार १८.५८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको मसिंर मसान्तसम्म २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
यसैगरी, प्रभु महालक्ष्मी लाइफको व्यवसाय १५.९० प्रतिशत, आईएमई लाइफको व्यवसाय १५.७० प्रतिशत, सूर्यज्योति लाइफको १५.५६ प्रतिशत र नेपाल लाइफको ११.९५ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, नेशनल लाइफ, एशियन लाइफ, एलआईसी नेपाल र सानिमा रिलायन्सको व्यापार क्रमशः ११.५१, ११.०९, १०.७४ र ९.६३ प्रतिशतले वृद्धि भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.