नेपाल भलिबल लिगको मुख्य प्रायोजक केडिया ग्रुप

  २०८१ पुष ९ गते १७:२४     विकासन्युज

 

काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल)ले आगामी फागुनमा आयोजना गर्ने नेपाल भलिबल लिग २०२४ को मुख्य प्रायोजकको रूपमा केडिया ग्रुप आवद्ध भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गरी केडिया ग्रुपले नेपाल भलिबल लिगको मुख्य प्रायोजकका लागि एनभीएलसँग सहकार्य गरेको हो ।

खेलमा ७ टिम रहनेछन् । प्रत्येक टिममा नेपाली खेलाडी ९/९ जना  र ३/३ जना विदेशी खेलाडी रहनेछ्न् ।

कुल १५ लिग खेल र एउटा फाइनल गरी १६ वटा खेल खेलाइने आयोजकले जनाएको छ । खेल ९ दिनसम्म चल्नेछ ।

यसैगरी, कार्यक्रममा १५ जना भलिबल खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग २०२४ को लोगो अनावरण गरे ।

यस्तै, मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । यो स्लोगनको अर्थ नेपालको सबै ठाउँमा खेलिने खेल भलिबललाई झन् व्यवस्थित तथा व्यावसायिक बनाइ नयाँ स्थान स्थापित गर्नु हो।

केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ उचाइको उडान स्लोगन राखिएको बताए ।

कार्यक्रममा केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमारले आउने दिनमा कभर्डहल निर्माणका लागि सबै मिलेर सरकारलाई पहल गर्नुपर्ने बताए ।

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ ।सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

बिमल केडिया ।

लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले बेहोर्ने जनाइएको छ ।

प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा हुनेछ भने अन्य संस्करणहरू होम एन्ड अवेका आधारमा अन्य सहरहरूमा खेलाइने संघको योजना छ ।

कार्यक्रममा नेपाल खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायत पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.