जगदम्बा मोटर्सले नेपालमा प्रोटोन ईमस सेभेन भित्र्याउँदै

  २०८१ पुष ९ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपालमा प्रोटोन ईमस सेभेन आउने भएको छ । जगदम्बा मोटर्सले नेपालमा प्रोटोन गाडी भित्र्याउने भएको हो ।

गाडी २०२५ को पहिलो त्रैमासिकमा नेपाली बजारमा ल्याउने योजना जगदम्बा मोटर्सको छ ।

ग्लोबल लन्चका क्रममा प्रोटोन ईमस सेभेन आगामी वर्षमा धेरै देशहरूमा बिक्रीका लागि उपलब्ध हुने घोषणा गरिएको थियो ।

नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकका रूपमा जगदम्बा मोटर्स नियुक्त भएको छ ।

प्रोटोन ईमस सेभेनले असीन एनक्यापबाट ५ स्टार रेटिङ प्राप्त गरेको छ । यसले ९२.५७ अंक प्राप्त गरेको हो ।

यसैगरी, वयस्क यात्रु सुरक्षामा ३९, बाल यात्रु सुरक्षामा १७.३२, सुरक्षा सहयोगमा २० अंक प्राप्त गरेको छ ।

हाल प्रोटोनका आन्तरिक दहन इन्जिन गाडीहरू नेपालमा उपलब्ध छन् । यो नयाँ मोडलले उन्नत सुविधा र अत्याधुनिक प्रविधि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.