गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगञ्जमा सम्पन्न

  २०८१ पुष १० गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले वीरगञ्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘ड्राइभिङ पार्टनरसीप, फ्यूइलिङ सक्सेस’नारामा इन्डष्ट्रियल पार्टनर सेमिनार सम्पन्न गरेको छ ।

सो कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरूले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षमा चर्चा गर्दै स्टिल, सिमेन्ट, निर्माण, खानीलगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेन्ट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए ।

सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईले नेपाल ल्यूब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको बताए ।

उनले आगामी दिनहरूमा कम्पनीले सिन्थेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको जानकारी दिए ।

कम्पनीका महाप्रबन्धक भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह सहभागी भएका थिए ।

यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल र वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, गल्फ इन्टरनेशनलका केदार रेदे, निर्यात प्रबन्धक, प्राविधिक डिभिजनका उपमहाप्रबन्धक तपस चक्रवर्ती, सहायक प्रबन्धक अम्लान मल्लको उपस्थिति थियो।

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र नेपाल ल्युब आयल लिमिटेडले पाएको छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.