आज सेयरधनी बने यी ४ कम्पनीको लाभांश पाइने, कुनको कति छ ?

  २०८१ पुष ११ गते ७:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), सर्वोत्तम सिमेन्टले पुस १२ गते र सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सल पुस १४ गते आइतबार बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ४ कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

एचआइडिसिएलले चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २४ गते १३औँ वार्षिक साधारण सभा काठमाडौंमा बिहान १० बजे डाकेको छ ।

यस्तै, सर्वोत्तम सिमेन्टले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २६ गते रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

सिद्धार्थ बैंक चुक्ता पुँजीको कर सहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा २३ औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ ।

ग्रीन भेन्चर्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.