टोयोटाले नोभेम्बरमा बेच्यो ९ लाख २० हजार ५६९ गाडी, उत्पादन भने लगातार १० औं महिना घट्यो 

  २०८१ पुष ११ गते १४:३८     विकासन्युज

काठमाडौं । अटो जायन्ट टोयोटा मोटरको विश्वव्यापी उत्पादन नोभेम्बरमा लगातार १० औं महिनामा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र चीनमा भने लगातार दोस्रो महिना बिक्री बढेको छ।

विश्वको सबैभन्दा ठूलो अटोमेकरले नोभेम्बरमा ८ लाख ६९ हजार २३० सवारीसाधनहरू उत्पादन गरेको थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ६.२ प्रतिशतले कम हो ।

यो अक्टोबरको ०.८ प्रतिशत गिरावटभन्दा बढी हो ।

टोयोटाको अमेरिकी उत्पादन ११.८ प्रतिशतले घट्यो, यद्यपि अक्टोबरको अन्त्यतिर ग्रान्ड हाइल्याण्डर र लेक्सस टीएक्स एसयूभी मोडलहरूको उत्पादन फेरि सुरु भएको थियो ।

चीनमा उत्पादन १.६ प्रतिशतले घटेको छ, जुन अघिल्लो महिनाको ९ प्रतिशत गिरावटको तुलनामा राम्रो सुधार हो ।

बिक्रीका हिसाबले टोयोटाले नोभेम्बरमा ९ लाख २० हजार ५६९ सवारीसाधन बेचेको थियो, जसले नयाँ कीर्तिमान कायम गर्‍यो ।

जनवरीदेखि नोभेम्बरको अवधिमा टोयोटाको विश्वव्यापी उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले घटेर करिब ८ लाख ७५ हजार सवारीसाधनमा सीमित भयो, जबकि विश्वव्यापी बिक्री १.२ प्रतिशतले घटेको थियो ।

उत्पादन र बिक्रीको तथ्याङ्कमा टोयोटाको लेक्सस ब्रान्ड समावेश छ तर समूह कम्पनीहरूजस्तै हिनो र डाइहात्सु भने समावेश छैनन्।

निक्की अखबारका अनुसार बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको वृद्धिको बीचमा टोयोटाले सांघाईमा एक स्वतन्त्र प्लान्ट निर्माण गर्ने र लगभग २०२७ बाट आफ्नो लेक्सस लक्जरी ब्रान्डका लागि इलेक्ट्रिक कारहरू निर्माण गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.