सेयर बजारमा ५ अर्ब ३२ करोड बढीको कारोबार

  २०८१ पुष ११ गते १५:२२     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हाे ।

नेप्सेका अनुसार सेयर बजारमा ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज ३१० वटा कम्पनीको २ करोड ९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु बैंकको भएको छ । प्रभुको ५० करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, जानकी फाइनान्सको २२ करोड ३९ लाख, सर्पोट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख, कुमारी बैंकको १४ करोड ८९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.४८ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.