भुक्तानी नभएपछि ईसेवाले भन्यो- अस्थायी रूपमा प्रभावित भएको हो, चाँडै समाधान हुन्छ

  २०८१ पुष ११ गते १७:३६     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामा समस्या देखिएको छ ।

एपमार्फत भुक्तानी कारोबार हुन नसकेपछि कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ ।

‘प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं,’ ईसेवाद्वारा जारी सूचनामा भनिएको छ ।

ईसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ ।

समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको पनि कम्पनीले उल्लेख गरेको छ ।

भुक्तानी कारोबार रोकिएपछि सेवाग्राहीहरू प्रभावित भएका छन् ।

ईसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्‍याउन सफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.