२०८१ पुष ११ गते १९:०८ विकासन्युज
काठमाडौं । पाँचतारे होटल ‘द मेट्रोपोलिटन होटल’ सुकेधारामा सञ्चालनमा आउँदैछ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने एक्कोर समूहले होटल निर्माण गरेको हो ।
विश्वविख्यात चेन होटल ब्राण्ड ‘मक्र्योर’लाई देशबन्धु बस्नेत (अजित)ले नेपाल भित्र्याएका हुन् । होटल २०२५ जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउन लागेको छ ।
५ रोपनी क्षेत्रफलमा फैलिएको होटल ११ तले छ । होटलमा १०४ वटा विलासी कोठा छन् । होटलले सुकेधारा क्षेत्रलाई पर्यटनको केन्द्रमा परिणत गर्दै रोजगारी सिर्जना गर्ने र भौतिक पूर्वाधार सुधार्ने अपेक्षा गरिएको छ ।
होटलले १८० देखि २२० प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको जनाइएको छ । होटल उद्घाटन नहुँदै होटलको आडैमा रहेको खाली जग्गालाई सजाई मनमोहन पार्क निर्माण भइसकेको छ ।
होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको बताइएको छ । होटलको व्यवस्थापन ‘मर्क्योर’ले सम्हालेको छ ।
मक्र्योर ब्राण्डले एसिया, युरोप, अफ्रिका र मध्यपूर्वका ५ हजार ५ सय बढी होटलको व्यवस्थापन गरिरहेको छ । यसैगरी, १० हजारभन्दा बढी खाना तथा पेयस्थलहरू पनि सञ्चालन गर्दै आएको छ ।
एकोरमा लक्जरीदेखि आर्थिक वर्गसम्मका ब्राण्डहरूको समावेशी पोर्टफोलियो रहेको छ ।
एकोर केवल आवासीय सेवामै सीमित छैन, यो जीवनशैली अनुभव प्रदान गर्ने र यात्राको भविष्य निर्माणमा अग्रणी संस्थासमेत हो ।
देशबन्धु नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् । उनी वायु तथा यातायात समितिका अध्यक्ष र नेपालमा जाम्बियाको मानार्थ कन्सुलर पनि हुन् । साथै उनी एबी होल्डिङका अध्यक्षसमेत हुन् ।
एबी होल्डिङ एक प्रख्यात कन्ग्लोमेरेट हो, जुन परियोजना विकास र इक्विटी लगानीमा संलग्न छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.