अमेरिकी डलरको मूल्य सर्वाधिक उचाईमा, १ डलरको १३६.७३ रुपैयाँ पुग्यो

  २०८१ पुष १२ गते ८:०४     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

आज युरोपियन यूरोको एकको खरिदर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.५८ रुपैयाँ र बिक्रीदर १७१.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.२७ रुपैयाँ र बिक्रीदर १५१.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८५ रुपैयाँ र बिक्रीदर ८५.२२ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.६४ रुपैयाँ र बिक्रीदर ९५.०६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.२३ रुपैयाँ र बिक्रीदर १००.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६५ रुपैयाँ र बिक्रीदर १८.७३ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५२ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४६ रुपैयाँ र बिक्रीदर ३०.६० रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३१ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.५३ रुपैयाँ र बिक्रीदर १७.६० रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.६८ रुपैयाँ र बिक्रीदर ४४३.६३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.७५ रुपैयाँ र बिक्रीदर ३६२.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५३.५७ रुपैयाँ र बिक्रीदर ३५५.१२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.