२०८१ पुष १२ गते ८:३४ विकासन्युज
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे ग्रुप प्रालिको नाममा हाल कायम रहेको १४ लाख ५० हजार २३७ कित्ता सेयरमध्ये ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम २२५ रुपैयाँ तोकिएको छ ।
यस्तै, संस्थापक सेयरधनी राधेश्याम अग्रवालको नाममा कायम रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ ।
कम्पनीको सो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । विद्यमान संस्थापकहरूले ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
यदि उक्त अवधिमा कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.