२०८१ पुष १२ गते १३:३१ विकासन्युज
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अभियानको घोषणा गरेको छ । उक्त जसअन्तर्गत ग्राहकले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।
यस अभियानमार्फत बैंकले आफ्ना ग्राहकलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको छ ।
यो अभियान अवधिभित्र राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गरिने जनाइएको छ ।
साथै, आरबीबी डिजिटल संसार, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरूमध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० को टपअप बोनस प्रदान गरिनेछ ।
यो अभियान पौष १० देखि माघ १० सम्म सीमित रहनेछ ।
अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइने पनि जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.