२०८१ पुष १२ गते १४:३७ विकासन्युज
काठमाडाैं । सरकारले रेलको उपकरण खरिद गर्दा सरकार तथा सरकार (जीटुजी) विधिबाट खरिद गर्ने सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्तिपरिषदको बैठकले रेलको सञ्चालन र मर्मतका लागि आवश्यक उपकरण खरिद गर्दा जीटुजी विधिबाट खरिद गर्न सहमति प्रदान गरेको हो ।
यसैगरी, उक्त बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्यमा शान्तिकुमारी चौधरी, आनन्द कुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्द बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमति नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय पनि बैठकले गरेको छ ।
मंगलबारको बैठकले १२ वटा निर्णय गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.